24 Online News
२८ आश्विन २०७७ ०८:४६

नेयमारको ह्याट्रिकमाले दिलायो ब्राजिललाई शानदार जीत

काठमाडौं । विश्वकप अन्तरगतको दक्षिण अमेरिकी छनोटमा खेलमा ब्राजिलले लगातार दोस्रो जीत हात पारेको छ । लगातार जीत दर्ता गर्ने क्रममा ब्राजिलले पेरुलाई ४–२ ले हराएको हो ।

बुधबार बिहान भएको खेलमा ब्राजिललाई जीत दिलाउन नेयमारले ह्याट्रिक गरे । खेलमा अग्रता पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट लिएको थियो । खेलको २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ५९ औं मिनेटमा रेनाटो तापियाले पुनः पेरुलाई २–१ को अग्रता दिलाए ।

त्यो अग्रता पनि पेरुले जोगाउन सकेन । त्यसको ५ मिनेटपछि रिचार्लिसनले ब्राजिलका लागि बराबरी गोल फर्काए । खेलको ८३ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए भने इन्जुरी समयमा नेयमारले ह्याट्रिक पूरा गर्दै ब्राजिललाई महत्वपूर्ण ३ अंक दिलाए । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो जीत निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.