24 Online News
२८ आश्विन २०७७ ०८:५६

युक्रेनसँग स्पेन पराजीत

काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा युक्रेनले स्पेनलाई १–० ले पराजीत गरेको छ । गएराति भएको खेलमा स्पेनले करिब २ वर्षपछि पहिलो हार भोगेको हो । स्पेनले करिब २१ पटक पोस्टमा प्रहार गरेपनि गोल हुन सकेन भने युक्रेनको एक प्रहार नै किभमा स्पेनलाई निराश बनाउन पर्याप्त भयो । सोही मैदानमा स्पेनले सन् २०१२ को युरो कपको उपाधि उचालेको थियो । वैकल्पिक खेलाडीको रुममा मैदान छिरेका भिक्टोर स्यागान्कोभले युक्रेनका लागि विजयी गोल गरे ।

म्यान्चेष्टर युनाईटेडका गोलकिपरले आफ्नो स्थान छाडेको समय काउन्टरमा युक्रेनले स्पेनविरुद्ध निर्णायक गोल गर्न सफल भयो । पछिल्लो समय स्पेनले सन् २०१८ को नोभेम्बरमा क्रोएसियासंग ३–२ ले हार व्येहोरेको थियो । युक्रेनले तालिकामा जर्मनी बराबर ७ अंक जोडेको छ । स्पेन मात्र एक अंक माथि छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.