24 Online News
२९ आश्विन २०७७ ०७:३१

फ्रान्सले क्रोएसिया २–१ अन्तरमा पराजय चखायो

काठमाडौं । युरोपीयन नेसन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ ले पराजय चखाएको छ । यो हारसँगै क्रोएसियाले सन् २०१८ को विश्वकपको फाइनलमा भोगेको हारको बदला लिन समेत असफल भएको छ ।

समूह ए थ्री को खेलमा विश्वकप विजेता फ्रान्सले विश्वकपको उपविजेता क्रोएसियालाई २–१ ले पराजित गरेको हो । खेलको आठौँ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । खेलको ६४ औं मिनेटमा निकोला भ्लासिकले क्रोएसियाका लागि बराबरी गोल फर्काए । तर ७९ औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि विजयी गोल गरे । फ्रान्सले सन् २०१८ को विश्वकपमा क्रोएसियालाई ४–२ ले पराजित गरी उपाधि जितेको थियो । क्रोएसियामाथिको जितपछि चार खेलबाट १० अंक जोडेको फ्रान्स समूहको दोस्रो स्थानमा छ । समान १० अंकसहित पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.