24 Online News
२० कार्तिक २०७७ ०७:५८

लाहानमा कवाडी गोदाममा आगलागी

काठमाडौं । सिरहा जिल्लाको लाहान –३ मा एक कवाडी गोदाममा आगलागी हुँदा करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको छ ।

लहान – ३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्त रुपमा सञ्चालन गरेको कवाडीको गोदाममा आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो ।

आगलागी के कति कारणले भएको भन्ने खुल्न नसकेको उक्त आगलागि लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.