24 Online News
२० कार्तिक २०७७ ०८:११

कोरोनाले चितवनमा एक वृद्धको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

विहीबार बिहान मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.