24 Online News
२० कार्तिक २०७७ ०८:३४

बाइडेन जीतको नजिक

बाइडेन ले भने : सकियो, हामी विजेता”

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जितको नजिक नजिक पुगेका छन्।

बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्। यी राज्यहरु अघिल्लो पटक डेमोक्र्याटिक पार्टीको हातबाट फुस्केको थियो।

यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ। राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।

अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन्। अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।

हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।

राष्ट्रपतिमा दोहोरिने चाहना कठिन मोडमा पुगेका ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेका छन्। यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि उनीहरूले पुनः मतगणना गर्न माग गरेका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ।

यसैबीच बाइडेनले डेलावेयरको विलमिंग्टन स्थित चेस केन्द्रबाट बोल्दै “म यहाँ गणना समाप्त भएको जानकारी दिन आएको हुँ, हामी विश्वास गर्छौं कि हामी विजेताहरू हुनेछौं” भनेका छन् । यही ठाउँबाट उनले अगस्ट महिनामा डेमोक्र्याटिकको मनोनयन स्वीकार गरेका थिए ।

“यहाँ, जनताले शासन गर्छन्। जनता को शक्ति लिन सकिदैन । यो जनताबाट चल्दछ ,” बाइडेनले भने। “र यो उनीहरूको इच्छाले निर्धारण गर्दछ कि संयुक्त राज्यको राष्ट्रपति हुनेछ ।

” राती देखिको लामो मतगणना पछि,यो स्पष्ट छ कि हामीले राष्ट्रपति पद जित्नको लागि २७० निर्वाचकीय मत (इलेकटोरल भोट) मत प्राप्त गर्न पर्याप्त राज्यहरू जित्दैछौं,” बाइडेनले भने।

“धेरै अमेरिकीहरूले यस निर्वाचनमा अमेरिकी इतिहासमा पहिले भन्दा बढी मतदान गरेका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.