24 Online News
२३ कार्तिक २०७७ ०८:२७

पीएसजीले ३–० ले हरायो रेन्निसलाई

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निकट प्रतिद्वन्द्वी रेन्निसलाई ३–० गोलले हराउँदै सिजनको आठौं जित निकालेको छ।

पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमविरुद्ध ३–० गोलको जित निकालेको हो । पीएसजीका लागि मोइसे किनले सुरुवाती गोल गरे भने डि मारियाले दुई गोल गर्दै सहज जित दिलाए। डि मारियाले दिएको पासको सदुपयोग गर्दै किनले ११ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै, हेरराको पासमा डिमारियाले २१ औं मिनेटमा गोल गदै पीएसजी दुई गोलले अघि रह्यो। पीएसजीका लागि तेस्रो गोल भने डिमारियाले दोस्रो हाफको ७३ औं मिनेटमा गरे।

शनिबार रातिको जितसँगै पीएसजीले १० खेलबाट २४ अंक बनाएको छ। सुरुवती दुवै खेलमा हार बेहोरेर खराब सुरुवात गरेको पीएसजीले त्यसयता सतप्रतिशत जित निकालेको छ। पराजित रेन्निस भने १८ अंकका साथ तेस्रो स्थानमा छ। दोस्रोस्थानमा रहेको लिल्लेको १९ अंक छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.