24 Online News
२३ कार्तिक २०७७ १२:१४

काँग्रेसद्वारा प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

श्रेष्ठको शुक्रबार ९३ वर्षको उमेरमा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय श्रेष्ठले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।

पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठको निधनप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.