गौतमको नेतृत्वमा ‘योगदान राष्ट्रको लागि’ काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक । “योगदान राष्ट्रको लागि” काभ्रेपलाञ्चोक शाखा गठन भएको छ । भेलाले सर्वसम्मत रुपमा राजाराम गौतमको अध्यक्षतामा २१ सदस्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जीवन पराजुली, सचिव प्रविन सापकोटा, सह-सचिव ई. कुमार तिमल्सिना (आईटि संयोजक), कोषाध्यक्ष सुवास सापकोटा, सदस्यहरुमा सुरज श्रेष्ठ (सञ्चार संयोजक), बिपिन खत्रि (स्वास्थ संयोजक), यश कुमार परियार (सञ्चार सह- संयोजक), निष्चल हमाल, कुल प्रसाद बजगाई, राजेश तिमल्सिना, सुनिता सापकोटा, ज्योति श्रेष्ठ, सुरज सापकोटा, रवि धिताल, सुरेन्द्र मोक्तान, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, रोहित परियार र भुपाल श्रेष्ठ रहेका छन् ।
समितिको सल्लाहकारमा सामाजिक व्यक्तित्व ईन्जिनियर राम कुमार बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष महेश पौड्याल, सामाजिक व्यक्तित्व समीर व्याञ्जु श्रेष्ठ रहेका छन् ।
योगदान राष्ट्रको लागि संस्थाले विभिन्न ५ मुख्य उदेश्य लिएर जिल्ला शाखा विस्तार गरेको संस्थापक अध्यक्ष राजाराम गौतमले बताए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा योगदान गर्ने, प्राथमिक उपचार, सरसफाइ, जनचेतना, तालिम तथा सेवा प्रदायक कार्यक्रम, दैविप्रकोपमा सहजीकरण गर्न स्वयमसेवकको भुमिका निर्वाह गर्ने, आगजनी, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपायको तालिम सन्चालन गर्ने, गुणस्तरीय र अतिरिक्त सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरीय एम्बुलेन्स सेवा सन्चालन गर्ने, राष्ट्रलाई आइपर्ने महामारी, भबितब्य, आपतकालीन समस्या सङ्ग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने जस्ता उदेश्य संस्थाको रहेको छ ।
कार्यक्रमलाई संस्थाका केन्द्रीय अध्यक्ष ओम उप्रेतिले सम्बोधन गर्दै संस्थाको उदेश्य अनुरुप कार्य गर्न सफलताको शुभकामना राखेका थिए भने सल्लाहकार ई। राम कुमार बस्नेतले विगतमा संस्थाले तयार परेको जनशक्तिले समाजमा सकारात्मक प्रभाव पारेको जानकारि गराउंदै कार्यसमितिलाई बधाई व्यक्त गरे ।