24 Online News
२५ कार्तिक २०७७ १८:३०

सुनको भाउमा तीव्र उतारचढाव

एकैदिन घट्यो प्रतितोला ३ हजार ४ सय

काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ। सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो। आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय कायम भएको छ ।

आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.