८ मंसिर २०७७ ११:०१
सेनाले शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने
काठमाडौं । कोरोना महामारीपछि नेपाली सेनाले शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।