24 Online News
११ मंसिर २०७७ १४:३८

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी बसन्तबहादुर कुँवरलाई दिएकोछ । यसअघिका प्रवक्ता एसएसपी कुवेर कडायतको नवलपरासीमा सरुवा भएपछि बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले कुँवरलाई प्रवक्ता तोकेको जानकारी दिएको हो ।

‘प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँर मोबाइल ९८५१२९२१११० लाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको जानकारी गराउँदछौ,’ नेपाल प्रहरीले जारी गरेको सूचनामा भनिएको छ । कुँवर प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भर्खरै सरुवा भएर आएका थिए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.