24 Online News
१२ मंसिर २०७७ १९:०४

दुई सम्माननीयले गरे अन्तरक्रिया कार्यक्रमको उद्घाटन

काठमाडौं, १२ मंसिर । संघीय संसदका पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरु बीच अनुभव आदान प्रदान गर्ने उद्देश्यले आजबाट राजधानीमा शुरु भएको अन्तरक्रिया कार्यक्रमलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा विरुवामा पानी हाल्दै उद्घाटन गरेका हुन् । संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा शुुरु भएको अन्तरक्रिया कार्यक्रम भोलिसम्म चल्ने छ ।
स्वागत मन्तव्यका क्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद र प्रदेश सभाहरु लोकतन्त्रका आत्मा भएको बताउँदै जनताका प्रतिनिधिहरुले नै सहि बाटो देखाउन सक्ने भएकाले प्रत्येक संसदले जनमुखी कानून निर्माण गर्न सधैं पहलकदमी लिनु पर्ने धारणा राखेका थिए ।
सभामुख सापकोटाले कोरोनाका कारणले केही प्रदेशका पदाधिकारीहरुको अनुपस्थितिले कार्यक्रम अपूरो जस्तो हुन पुगेको भन्दै दुःखेसो गरेका थिए ।
त्यस्तै, स्वागत मन्तव्यको क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारीको बीचमा पनि धेरै ठूलो जोखिम मोलेर यो कार्यक्रम आयोजना गरिएको बताउँदै अब आउँदो अधिवेशन मार्फत प्रदेश सभालाई आवश्यक पर्ने सबै कानूनहरु निर्माणलाई तिव्रता दिनु पर्ने जोड दिएका थिए ।
प्रदेश सभा र संघीय संसदको कामकारबाही बारेमा अनुभव आदान प्रदान तथा सहि निष्कर्ष निकाल्ने हेतुले नै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद र प्रदेश सभाद्वारा निर्मित ऐन कानूनहरुको समुचित कार्यान्वयनका लागि सबैले आ–आप्mनो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल सरकारकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्वाहाङ्फेले संघीय संसदको आगामी अधिवेशन बोलाउने बेला भएको बताउँदै प्रदेश सभाका पदाधिकारीहरुलाई महिला नेतृत्वको विकासलाई तिव्रता दिन जोड दिइन् ।
कानूनले नै लिंगका आधारमा कहिं कतै पनि विभेद नहुने स्पष्ट गरेकाले अब हरेक क्षेत्रमा महिलाले नेतृत्व लिनका लागि सबैले पहल कदमी लिनुपर्ने धारणा राखेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, संघीय संसदका महासचिव डा.भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपानाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल लगायत संसद सचिवालयका कर्मचारी र ७ वटै प्रदेशका सभामुख र उपसभामुखलाई बोलाइएको भए तापनि कोरोनाका कारणले गण्डकी प्रदेशका सभामुख र उपसभामुख तथा प्रदेश नं.२ का उपसभामुखको उपस्थिति हुन नसकेको जनाइएको छ । अन्तरक्रिया कार्यक्रमलाई भोलि शनिबार समीक्षा र निष्कर्ष प्रस्तुत गरेर समापन गरिने भएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.