विशाल बजार व्यापार संघका नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुद्वारा पदभार ग्रहण
काठमाडौं । विशाल बजार व्यापार संघका नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । विशाल बजार ब्यापार संघको ३६ औं वार्षिक साधारण सभाबाट चुनिएका ११ जनाको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले २०७७।०९।२७ को निर्णय अनुसार पदभार ग्रहण गरेका हुन् ।
काठमाडौंको प्रमुख ब्यापारिक केन्द्र न्यूरोडको मुटुका रुपमा रहेको विशालबजार स्थित ब्यापारिहरुको संगठन ‘विशाल बजार व्यापार संघ’को रिक्त रहेका ११ जना कार्य समिति सदस्यहरुको निर्बाचन २०७७ साल पौस २५ गते भएको थियो । सो निर्बाचनबाट नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा बासुदेब मालाकार (उपाध्यक्ष), भीम प्रसाद शर्मा (महा सचिव), राजु मानन्धर (कोषाध्यक्ष), निरेण शाही (सचिव), सचिन उपाध्याय (प्रमुख, जनसम्पर्क), ध्रुव कुमार श्रेष्ठ (जनसम्पर्क), लिला राज त्रिपाठी (बजार व्यवस्था), महेन्द्र महर्जन डंगोल (बजार व्यवस्था) र राज कुमार डंगोल (बजार व्यवस्था) मा चुनिएका थिए ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष गुप्ताले विशाल बजार ब्यापार संघले व्यापारिहरुको समस्यालाई गंभीरतासाथ लिँदै विशालबजार भित्रका सम्पूर्ण ब्यापारिहरुसँगको सहकार्य र समन्वयमा काम गर्ने र व्यापारीका हक हितका लागि निरन्तर लागिरहने, व्यापारिका दुःख सुखमा निरन्तर साथ दिने बताए ।