24 Online News
२९ पुष २०७७ १५:०१

प्रचण्ड–माधव नेपालले प्रज्ञा प्रतिष्ठानमा उतारे हजारौं कार्यकर्ता

काठमाडौं । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज प्रज्ञा प्रतिष्ठान कमलादीमा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा प्रज्ञा भवनमा आयोजित भेलामा हजारौं सहभागी देखिएका छन् । हलभित्र सीट अभाबले बाहिर पनि ठूलो संख्यामा सहभागिता रहेको छ । नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाललगायतका नेताले सम्बोधन गर्ने भेलाले आन्दोलनको लय समातेको नेता योगेश भट्टराईको भनाइ छ ।

‘आन्दोलनले लय समाउँदै छ, पौष ५ गते प्रधानमन्त्रीले चाल्नु भएको असंबैधानिक तथा प्रतिगामी र प्रतिक्रान्तिकारी कदमका बिरुद्धमा काठमाडौं जागेको छ,’ उनले भनेका छन् ।

मंगलबार मात्र नेकपाको गण्डकीस्तरीय कार्यकर्ता भेला पोखरामा सम्पन्न भएको थियो । भेलालाई प्रचण्ड र माधव नेपालले सम्बोधन गरेका थिए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.