देशभरबाट अलिअलि मानिस जम्मा बनाएर अदालत नधम्क्याउ : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । उनले शुक्रबार काठमाडौंमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि देखाउने बताएका हुन् ।
ओलीले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी समेत गरे।
प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको बिरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्कि नदिन पनि चेतावनी दिए। यस्तै विरोधसभालाई देशभरिबाट अलि–अलि मान्छे जम्मा भएको टिप्पणी गरे।