24 Online News
९ माघ २०७७ २२:२७

सशस्त्र प्रहरीलाई चनाखो हुन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा गंभीरतासाथ भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहनसमेत सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

उनले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पु¥याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिए । पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेकोसमेत गृहमन्त्री थापाले जानकारी दिए । उनले आवश्यकताअनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताए ।

सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सङ्गठनले प्राप्त गरेको जिम्मेवारीलाई निर्भिक भएर पुरा गरेको जानकारी गराउँदै यस वर्ष सीमा निगरानी चौकीको सङ्ख्या बढाएर २२० पु¥याउने लक्ष्य राखिएको बताए । उनले यस वर्ष एक अर्ब ४१ करोड अवैध सामान बरामद गरी भन्सार कार्यालया बुझाइएको समेत जानकारी दिए ।

उक्त समारोहमा बङ्गलादेशको ढाका म्याराथनमा स्वर्ण पदक ल्याउने सशस्त्र प्रहरीकी खेलाडी पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट हुने सशस्त्र प्रहरीको नं १ बाहिनी मुख्यालय सुनसरीलाई पुरस्कृत गरिएको थियो भने लाईफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक धनबहादुर थापा क्षेत्रीलाई सम्मान गरिएको थियो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.