24 Online News
१४ माघ २०७७ १०:२९

बुद्धभूमि बुद्धभूमि नेपाल हाइड्रोले आईपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि बुद्धभूमिले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

नुवाकोट जिल्लामा निर्माण गर्न लागिएको आयोजनाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई बिक्री गर्ने गरी निस्काशनको अनुमति मागेको हो । सय रुपैयाँको दरले आईपीओ बिक्रीको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ । पहिलो चरणमा नुवाकोटका आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री हुनेछ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.