24 Online News
१४ माघ २०७७ १२:५९

नुवाकोटमा कोरोना विरुद्धको खोप लगाउन शुरु

नुवाकोट । देशभर कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु भएसँगै नुवाकोटमा पनि आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु  भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जनाए अनुसार जिल्लामा पहिलो चरणमा २ हजार ४ सय २जनालाई खोप लगाइछ । उनले जिल्लामा पहिलो चरणमा करिब साढे २ हजार जना मानिसलाई यो खोप लगाइने बताएका छन् ।

जिल्ला अस्पताल त्रिशुली र खरानीटार अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु हुने घिमिरेले बताए । त्रिशुली अस्पतालबाट विदुर,लिखु,शिवपुरी र बेलकोटगढी नगरपालिकाका फ्रन्टलाइनमा बसेर काम गर्नेहरुले यो खोप लिनेछन् । यस्तै खरानीटार अस्पतालबाट पन्चमकन्या र दुप्चेश्वर गाउँपालिकाका पहिले खोप लगाइने भएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.