24 Online News
१५ माघ २०७७ ०८:०७

राँगाले हान्दा एकको मृत्यु

काठमाडौं । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–२ स्थित मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।

गए राति राँगालाई पराल हाल्ने जाँदा राँगाले चौधरीलाई हानेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

“राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ”, प्रवक्ता थापाले भने “आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.