जुम्लाको आगलागी : गाउँ नै सखाप, १६७ जनाको बिचल्ली
काठमाडौं । जुम्ला जिल्लाको तिला गाउँपालिका–७ स्थित गोठीगाउँमा मंगदलबार साँझ भएको आगलागीबाट २६ घर जलेको खबरलाई आजको अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार छापेको छ ।
समाचारमा सो ठाउँमा रहेकामध्ये आगलागीबाट ४–५ वटा घरमात्रै जोगिएको समाचारमा उल्लेख छ । उक्त घटनाका कारण १६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा पनि मरेका छन् । सँगै धेरैे खरायो र कुखुरा मरेका छन् ।
एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायाले बताएका छन् ।