24 Online News
१६ माघ २०७७ २०:५१

इन्फ्रास्ट्रक्चरको आईपीओ सबैलाई

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रबार वितरण भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा विहान १० बजे भएको आईपीओ वितरणमा १० देखि ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाएका छन् ।

बढी पाउनेले ६० कित्तासम्म शेयर पाएका छन् । विक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर वितरण गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता वितरण भएको छ ।

त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर वितरण गरिएको छ । यसरी वितरणपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई शेयर वितरण गरिएको छ ।

यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्ये ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदक १४ लाख ७५ हजार ८ जनालाई वितरणमा सहभागी गराईएको थियो ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.