24 Online News
१७ माघ २०७७ १९:२१

टुकोनको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

पोखरा । राप्रपा निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को गण्डकी प्रदेश स्तरीय भेला पोखरामा सम्पन्न भएको छ ।

पूर्व मन्त्री एवं राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य तोरण बहादुर गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मोहन के.सी.को संयोजकत्व मा ९ सदस्यीय टुकोनको गण्डकी प्रदेश कार्य समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य तोरण बहादुर गुरूङले श्रमिक वर्गको हकहितको लागि निरन्तर क्रियाशिल ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)ले स्थापनाको छोटो समयमा उल्लेखनिय कार्य गरेको भन्दै टुकोनले श्रमिकहरुको पक्षमा निरन्तर आवाज उठाउनेमा आफु विश्वस्त रहेको बताए । पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले संगठित एवं असंगठित सबै श्रमिकहरुको आवाज वुलन्द गर्न टुकोनको स्थापना भएकोले सम्पूर्ण श्रमिकहरुलाई टुकोनसँग आवद्ध हुन आग्रह गर्नुभयो । आगामी चैतको ६ र ७ गते टुकोनको केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भैसकेकोले महाधिवेशनको तयारीका साथै संगठन विस्तारमा टुकोन देश दौडाहामा निस्केको उहाँले प्रष्ट पारे ।

ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)का कास्की जिल्ला अध्यक्ष बल बहादुर खड्काको अध्यक्षतामा सम्पन्न गण्डकी प्रदेशस्तरीय भेलामा राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य जयलाल पुन, केन्द्रीय सदस्य कुल बहादुर गुरुङ ‘कुलु’, केन्द्रीय सदस्य एवं टुकोनका वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ, टुकोनका महासचिब बद्री कुमार श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।

नवगठित प्रदेश कार्य समितिको उपाध्यक्षमा शिव पौडेल र कृष्ण प्रसाद रेग्मी, सचिवमा काजी श्रेष्ठ, सहसचिबमा रामहरि न्यौपाने तथा सदस्यहरुमा यम बराल, टेक खाँड, नौमाया गुरुङ लागायत रहेका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.