24 Online News
१ फाल्गुन २०७७ १८:५६

पवित्र तीर्थस्थल त्रिवेणीको सरसफाई गर्न काँग्रेस महामन्त्री कोइराला पनौतीमा

आफ्नो नगरको सरसफाईमा ध्यान नदिने स्थानीय सरकारलाई आउँदो चुनावमा हराउनुपर्ने वागमति सरसफाई अभियानका प्रमुख अभियान्ता पौडेलको भनाई

काभ्रे, पनौती । स्वर्गको राजा ईन्द्रको पनि पाप मोचन भएको पवित्र तीर्थस्थल त्रिवेणी घाटको सरसफाईमा सहभागि हुन काँग्रेस महामन्त्री डा. शसांक कोइराला र वागमती सरसफाईका प्रमुख अभियान्ता नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेल लगाएतका अभियान्ताहरु शनिवार पनौती आएका छन् ।

पनौती त्रिवेणी सरसफाई अभियानको स्वर्ण महोत्सवको उपलक्ष्यमा नगरका स्थानीय बासिन्दा तथा नगरभित्र नेतृत्वदायी भुमिकामा रहेका व्यक्ति तथा समुहहरुलाई आउँदो मकर मेलाको तयारी तथा सरसफाईमा विशेष ध्यान पु¥याउनुपर्ने सन्देश दिने उदेश्यले उनीहरु पनौती आएका हुन् ।

सुमित्रा बञ्जाराको संयोजकत्वमा रहेको पनौती त्रिवेणी सरसफाई नागरिक अभियान अन्तर्गत २०७५ चैत्र देखिनै हरेक शनिवार त्रिवेणीमा मिसिने लिलावती र पुण्यवती नदीको सरसफाई हँुदै आएको छ । यो अभियानमा अधिकांश महिलाहरु सहभागी छन् ।

अभियानको एकसय हप्ता पुगेको अवसरमा शनिवार काँग्रेस महामन्त्री डा. कोइराला, वागमती सरसफाईका प्रमुख अभियान्ता पौडेलका साथै वागमती सरसफाईका अभियान्ताहरु उत्तम पुडासैनी, तारावहादुर कँुवर, किशोर शाही लगाएतका अभियान्ताहरु पनि पनौती आएका थिए ।

पनौतीको त्रिवेणी सरसफाईमा सहभागी भएपछि काँग्रेस महामन्त्री डा. कोइरालाले नदीलाई पुर्ण रुपमा सफाई गर्न मुहानमा बस्ने बासिन्दाहरुले पनि यस अभियानबाट प्रेरणा लिएर सरसफाईमा जुट्नुपर्ने बताएका थिए । ‘मुहान देखि नै सरसफाई गर्दै आउनु पर्छ र मुहानमा बसेका नागरिक सचेत हुनुपर्छ’– महामन्त्री कोइरालाको भनाई थियो ।

‘सरसफाईमा ध्यान नदिने स्थानीय सरकार कि त सच्चिनु पर्छ कि त आउँदो निर्वाचनबाट यस्तो सरकारलाई परास्त गर्नुपर्छ’– वागमती सरसफाई अभियानका प्रमुख अभियान्ता पौडेलले भने – स्थानिय सरकारको प्राथमिकता नगरको सरसफाई पनि हुनुपर्छ ।

नदी सरसफाई गर्नुका साथै आउँदो मकर मेलाको व्यवस्थापनमा पुर्वाधार निर्माणमा ढिलाई भैरहेको भन्ने सन्देश दिँदै त्रिवेणी सरसफाई अभियानका अभियान्ताहरुले पनौती नगर पनि परिक्रमा गरेका थिए ।

जनप्रतिनिधिहरु नभएको बेला अघिल्लो मकर मेला व्यवस्थित गर्न एक वर्ष अगावै नगरपालिका लागिपरे पनि अहिले आफ्नो नगरको गौरव बचाउने कुरामा नगरपालिकाले वेवास्ता गरिरहेको काँग्रेस जिल्ला सभापति मधु आचार्यको भनाई थियो । हरेक १२ वर्षमा लाग्ने पनौतीको मकर मेलामा देशभरबाट लाखौँ भक्तजनहरु त्रिवेणीमा स्नान गर्न आउँछन् ।

 २०७८ साल माघ महिनाभरी मकर मेला लाग्दैछ । पनौती पवित्र तीर्थस्थल भएको र नगरकै गौरव वढ्ने कुमामा पनि नगरपालिका उदासिन हुँदा स्थानीय बासिन्दा चिन्तित भएको भन्दै काग्रेस सभापति आचार्य भन्छन– चाढो भन्दा चाढो मकर मेलाको तयारी गर्नुप¥यो । नगरपालिकाले मकर मेलाको तयारीको लागि करोडौँ रुपैया जुटाएको छ भनेर नहुने फिल्डमा काम देखिनु पर्ने उनकोे भनाई थियो ।

पनौतीको मकर मेलामा त्रिवेणीघाटमा नुहाएर इन्द्रेश्वर महादेवको दर्शन गरे समपुर्ण पाप मोचन हुने जनविश्वास रहिआएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.