24 Online News
१० फाल्गुन २०७७ ०९:२४

लव गाउँलेको ‘अस्ट्रेलिया ब्लुज’ विमोचित

काठमाडौं । साहित्यकार लव गाउँलेको गैरआख्यान ‘अस्ट्रेलिया ब्लुज’को विमोचन गरिएको छ ।

काठमाडौंमा आइतबार साँझ आयोजित कार्यक्रममा प्रमुख अतिथि लोकसंस्कृतिविद् कवि तुलसी दिवस तथा कार्यक्रमका सभापति साहित्यकार शैलेन्द्र साकारले ‘अस्ट्रेलिया ब्लुज’को विमोचन गरे ।

कार्यक्रममा लेखक गाउँलेकी छोरी भाग्यश्रीले आफ्ना पिताको गैरआख्यान कृतिका विषयमा बोल्दै उपस्थित पाहुनाहरूको स्वागत गरिन् । लेखक लव गाउँलेले ‘अस्ट्रेलिया ब्लुज’ आफू अस्ट्रेलिया बस्दाको अनुभूतिहरूको सँगालो भएको बताए । प्रमुख अतिथि तुलसी दिवसले गाउँलेको कृतिको चर्चा गरे ।

साहित्यकार शैलेन्द्र साकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू महेश प्रसाई, युयुत्सु आरडी शर्मा, प्रतीक ढकाललगायतले आफ्नो पुस्तकका विषयमा धारणा राखेका थिए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.