24 Online News
१० फाल्गुन २०७७ ०९:३७

दीपेन्द्रको ‘वरदान’को मुख्य भूमिकामा नम्रता

काठमाडौं । सर्ट फिल्म ‘वरदान’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेका छन् । छायांकन सकिएको ‘वरदान’मा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ । फिल्म कोसिस नेपालले निर्माण गरेका हुन् ।

मुख्य भूमिका नम्रताले निर्वाह गरेकी ‘वरदान’मा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषयलाई उठाइएको गरिएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउने निर्देशक लामाले बताएका छन् । उनी भन्छन्, “कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस उठेकाले यस विषयमा फिल्म बनाएका हौं ।” लामा थप्छन्, “डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ । तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,”

लामा भन्छन्, “डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।”

२० मिनेटको ‘वरदान’मा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा ‘वरदान’ रिलिज गरिनेछ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.