24 Online News
१० फाल्गुन २०७७ ०९:५७

औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रम ओली आज कञ्चनपुर जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार कञ्चनपुर जाने भएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाने भएका हुन्।

उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि यस अघि पटक पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम सुरु हुन लागेको हो । सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री कञ्चनपुर जना लागेका हुन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.