24 Online News
११ फाल्गुन २०७७ २२:५२

सवोच्चद्वारा संसद विघटन बदर गर्ने फैसला

काठमाडौँ । सर्वोच्च अदालतले सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेको छ । सर्वोच्चको संबैधानिक इजालसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णय गरेको हो ।

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।

पुस ५ गते प्रधानमन्‍त्री केपी ओलीले संसद विघटन गरेपछि परेको रिट निवेदनमा सर्वोच्चको फैसला आएको हो ।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि माघ १९ देखि विपक्षीबाट बहस सुरु भएको हो । १३ रिट निवेदकका तर्फबाट ६८ जनाले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ गरेका हुन् ।

077-WC-0028_समेत

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.