24 Online News
११ फाल्गुन २०७७ २३:३५

प्रतिनिधि सभाको पहिलो बैठकबाटै ओलीलाई प्रधानमन्त्रीबाट फालिने

काठमाडौ । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला आए लगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन दवाव दिएका छन् ।

प्रचण्डले ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

सर्वोच्चको फैसला अनुसार २३ फागुनभित्र प्रतिनिधि सभाको बैठक बस्नेछ । किनभने फैसलामा १३ दिनभित्र बैठक बोलाउन आदेश दिइएको छ ।

प्रतिनिधि सभाको बैठक बस्नु अघि नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएनन् भने पहिलो दिन नै उनलाई हटाउने योजना प्रचण्ड–माधव पक्षले बनाएको छ । सो समुहद्वारा पुस ५ गते नै प्रधानमन्त्री ओली बिरुद्ध संसद सचिवालयमा अविस्वास प्रस्ताव दर्ता गरिसकेको छ ।

सभामुख अग्नी सापकोटाको सचिवालयमा कार्यरत एक सदस्यका अनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेकै दिन प्रधानमन्त्री ओलीमाथिको अविस्वासको प्रस्ताव टेवुल गरिनेछ ।

अविस्वासको प्रस्ताव टेवुल गर्न बिलम्व गरेमा ओलीले विस्वासको मत लिने प्रक्रिया सुरु गर्न सक्छन् ।विस्वासको मत लिने प्रक्रिया पुरा भएमा प्रधानमन्त्री ओलीलाई संविधान अनुसार संसद विघटन गर्न पाउने अधिकार छ ।

ओलीले त्यो अधिकार प्रयोग गर्न नपाउनु भनेरै प्रतिनिधि सभाको बैठक सुरु भएकै दिन उनी माथि दर्ता गरिएको अविस्वासको प्रस्ताव टेवुल गर्न लागिएको हो । सभामुखको सचिवालयमा कार्यरत ति सदस्यका अनुसार यस बारेमा प्रचण्ड र सापकोटाबीच टेलिफोन संवाद भइसकेको छ ।

भन्छन्, ‘सर्वोच्चको आदेश अनुसार बैठक डाकिएको पहिलो दिनमै प्रधानमन्त्री ओलीमाथिको अविस्वास प्रस्ताव पेश हुनेछ । त्यसपछि उनी स्वतः प्रधानमन्त्री पदबाट मुक्त हुनेछन् ।’

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.