24 Online News
१३ फाल्गुन २०७७ ०८:०३

ला लिगामा बार्सिलोनाको सहज जीत

काठमाडौैं । बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाकै क्याम्प नोउमा सम्पन्न खेलमा दोस्रो हाफमा कप्तान लियोनेल मेस्सीको गोलसँगै उसले पाहुना टिल एल्चेलाई ३–० गोलले हराएको हो। बार्सिलोनाका लागि मेस्सीले गोल गर्दै शीर्षस्थानको एथ्लेटिकोसँगको अंक दूरीसमेत घटाएका छन्।

सो क्रममा उनले खेलको ४८ औं र ६८औं मिनेटमा लगातार दुई गोल गरे। पहिलो गोलका लागि मार्टिन ब्रथेटले पास उपलब्ध गराएका थिए भने दोस्रो गोलका लागि डि जोङले पास दिए।

त्यस्तै ७३ औं मिनेटमा जोर्डीअल्वाले गोल गर्दा पनि ब्रेथवेटले नै पास उपलब्ध गराएका थिए।

गएरातिको जितले तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले दोस्रोस्थानको रियलसँग दुई अंकको अंक दूरी बनाएको छ। यता दोहोरो गोल गरेका मेस्सीले लुईस सुआरेजलाई दुई गोलले पछि पार्दै लालिगाको सर्वाधिक गोलकर्ता बनेका छन्।

सुवारेजले १६ गोल गर्दा मेस्सीले १८ गोल गरेका हुन्।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.