24 Online News
१४ फाल्गुन २०७७ १२:५४

दक्षिण कोरियामा देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

द. कोरियामा रहेका नेपालीहरु उत्साहित

काठमाडौं । दक्षिण कोरियाले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको हो ।

अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियन स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाउने यहाँको स्वास्थ विभागले जनाएको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १।५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ । कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई पटक दिने तयारी गरेको छ ।

यससँगै यहाँ कामदारका रुपमा रहेका नेपालीमा खुशीको सञ्चार भएको छ । कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । यहाँ रहेका हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि यो खोप प्राप्त गर्नेछन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.