24 Online News
१७ फाल्गुन २०७७ १४:१४

वि.सं. २०७८ मा तीनवटा दशैं

काठमाडौं । आगामी वर्ष तीनवटा दसैँ परेको छ । अधिकमासका कारण यस वर्ष २०७७ को चैते दशैं पनि बैसाखमा सरेका कारण आगामी वर्ष २०७८ मा तीनवटा दशैं परेको हो । वि.सं. २०७८ मा चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैँ परेको हो । २०७८ को वैशाख ७, मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

यस्तै २६ चैत २०७८ शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्ष २१ असोज बिहीबार घटस्थापना गरेर सुरु हुने छ । २७ असोज बुधबार महाअष्टमी, २८ असोज बिहीबार महानवमी र २९ असोज शुक्रबार विजयादशमी परेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.