24 Online News
१९ फाल्गुन २०७७ १४:०७

सरकार र विप्लवबीचको पहिलो वार्ता सम्पन्न

काठमाडौँ । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।

वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको थियो । सरकारले गृहमन्त्री थापाको नेतृत्वमा डा।भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो ।

अर्को वार्ताको मिति तय भएको छैन ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.