24 Online News
१६ बैशाख २०७८ ०७:२५

उपत्यकामा आज बिहान ६ बजेदेखि लाग्यो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।

कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको हो। उक्त अवधिमा खाद्यान्न, अत्यावश्यक सवारी साधनको आवतजावत र सेवा सञ्चालनका लागि सरकारले आवश्यक प्रबन्ध गरेको छ ।

सरकारले अतिआवश्यक भनेर तोकेको क्षेत्र भने खुल्ला रहेने छ। अन्य क्षेत्र बन्द गर्न सरकारले निर्देशन जारी गरिसकेको छ । प्रहरीले अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई मात्रै सडकमा आवतजावत गर्न दिएको छ। आज बिहानसम्म उपत्यका छोड्ने सवारी नाकाहरुमा भेटिएका थिए । भने ६ बजे पछि सडक सुनसान हुन थालिसकेको छन् । बुधबारसम्म ५ लाख बढिले उपत्यका छोडेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

के के मा निषेधाज्ञा लागु नहुने ?

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.