24 Online News
१६ बैशाख २०७८ ०७:४५

निषेधाज्ञाका कारण कोरोना विरुद्धको खोप लगाउने कार्य प्रभावित

काठमाडौं । काठमाडौंका जिल्लाबासीहरुले तत्कालका लागि कोरोनाविरुद्धको खोप लगाउन नपाउने भएका छन् । निषेधाज्ञापछि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने कार्य काठमाडौंमा स्थगित गरिएको जनाएको छ ।

सुरुमा कोरोनाविरुद्धको खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो । चीनले कोरोनाविरुद्धको भेरोसेल खोप नेपालाई आठ लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.