24 Online News
२८ भाद्र २०७७ ०९:३९

बागलुङमा पहिरोले तीन घर पुरियो, एकको मृत्यु

काठमाडौं । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा भन्ने ठाउँमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले कुश्मीशेराको टुनीवटमा रहेको घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनको ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको स्थानीयले जानकारी दिएका छन् ।

बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले बताए । आइतबार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.