24 Online News
२९ आश्विन २०७७ १५:५८

लाइन बस्ने क्रममा विवाद हुँदा बैंकका गार्डमाथि खुकुरी प्रहार

काठमाडौं । मध्य बानेश्वर, काठमाडौंको ग्लोबल आइएमी बैंकमा चेक साट्न लाइन बस्ने क्रममा विवाद हुँदा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ।

बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको हो। सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको उनले बताए।

‘सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरेका थिए’, एसपी राठौरले भने, ‘ती मान्छेको पहिचान भइसकेको छ।’ खोजी कार्य जारी रहेकाले ती व्यक्ति छिट्टै पक्राउ पर्ने राठौरले बताए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.