24 Online News
१६ कार्तिक २०७७ १०:५२

मोरङबाट ८ लाख ८९ हजार २५० नगदसहित ५ जना जुवाडे पक्राउ

काठमाडौं । मोरङमा शनिबार ८ लाख ८९ हजार २५० नगदसहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका– ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ५ जनालाई जुवाखालबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ का ६० वर्षीय भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरानकै ३६ वर्षीय हरी खत्री रहेको मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले नगदसहित पाँच जुवाडेलाई पक्राउ गरेको हो । जुवाखालबाट पक्राउ परेका उनीहरुको साथबाट १३ बुक तास, २ वटा स्कुटी र २ थान मोसा समेत बरामद गरिएको डीएसपी राईले जानकारी दिए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.