24 Online News
२९ पुष २०७७ १३:०९

हत्यामा संलग्न २ फरार अभियुक्त ५ वर्षपछि पक्राउ

काठमाडौं । बाँके स्थित नेपालगञ्ज उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका-१२ सुर्खेत रोडबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन् । मानन्धरलाई पूर्वरिसीईवी लिई धारिलो हरियार खुडा प्रहार गरी उनीहरू समेतका व्यक्तिहरुले २०७२ आसार २८ गते हत्या गरेको घटनामा उच्च अदालत तुल्सीपुर नेपालगंजको २०७६ फागुन २८ गते फैसलाले जन्म कैद सजाय भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा भएको विवादको कारण मृख्य योजनाकार बाँके साविक नेपालगञ्ज-५ बस्ने योग ढकाल भन्ने रिगल ढकाल समेतले नेपालगंज सुर्खेत रोडस्थित होटल स्वस्तिक होटल नजिक एक्लै रहेको अवस्थामा खुँडा प्रहार गरी मानन्धरको हत्या गरेका थिए ।

घटनामा संलग्न १५ जनामध्ये हालसम्म पक्राउ परेका १२ जना पक्राउ परेका छन् भने फरार ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.