24 Online News
१४ माघ २०७७ ०९:४६

अर्घाखाँचीमा श्रीमती माइत जाँदा बुबाद्वारा आफ्नै छोरीको हत्या

काठमाडौं । अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित झिर्रामा भन्ने ठाउँमा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् ।

शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.