24 Online News
२४ माघ २०७७ २२:१०

बैतडीमा बावुले गोली हानी छोरीको हत्या गरे

काठमाडौं । बैतडीको धौबिसौनामा बावुले गोली हानी छोरीको हत्या गरेका छन्।

बैतडीको पुर्चौडी नगरपालिका–१० स्थित धौबिसौनामा घरायसी विवादका क्रममा धनबहादुर महराले २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरेर हत्या गरेका हुन्। पछाडिबाट भरूवा बन्दुकले छोरीको पिठ्युमा गोली प्रहार गरेर उनी जंगलतिर भागेको स्थानीय किशोर धामीले बताए।

घटनास्थलतर्फ पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीले बताए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.