24 Online News
१४ फाल्गुन २०७७ १२:३०

यौन अपराधमा आरोपित जिम्नास्टिक्स प्रशिक्षक गेडर्ट मृत फेला

एजेन्सी । मानव बेचबिखन र यौन अपराधको आरोप लागेका अमेरिककी पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मृत अवस्थामा भेटिएका छन् । उनीमाथि युवा जिमनास्टकहरुलाई यौन दुर्व्यवहार सम्बन्धी २४ वटा अपराधको अभियोग लगाईएको थियो ।

सन् २०१२ को अमेरिकी ओलम्पिक महिला जिम्नास्टिक (बाहुव्यायाम) टोलीका प्रशिक्षक जोन गेडर्टलबिहीवार बिहान उनि मृत अवस्थामा फेला परेको मिशिगन महान्यायाधिवक्ता डाना नेसेलले जनाएका छन् । ६३ बर्षिय वृद्ध गेडर्टलाई मानव तस्करी, आपराधिक यौन आचरण र शान्ति अधिकारीलाई झूट बोलेको आरोप लगाइएको थियो । नेसेलको कार्यालयबाट जारी विज्ञप्तिमा गेडर्ट आफै त्यहाँ आउने र बिहीबार दिउँसो दोषारोपण दर्ता हुने अपेक्षा गरिएको थियो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.